Monday 12 July, 2010

गज़ल-९४'साँझ'

ताप घट्यो सुर्यसंगै दिन ढल्यो साँझ पर्यो ||
सिरीसिरी सुस्त सुस्त हावा चल्यो साँझ पर्यो ||

असारको मध्यान्हमा चटारो छ रोपाईंको |
फाट्ट फुट्ट गाउँ तिर टुकी जल्यो साँझ पर्यो ||

बिहानको झुल्को देखि हलो कुटो कोदालीले
खेल्दाखेल्दै हिलोसँग जिउ गल्यो साँझ पर्यो ||

मुठीलाई मुरी पार्न घाम पानी बिर्सिएछु
गड़्याङ् गुडुङ् आकाशमा बत्ति बल्यो साँझ पर्यो ||

हेर्दा हेर्दै कत्ति छिट्टै बिती गयो दिन पनि
अँध्यारोले उज्यालोको बाटो छल्यो साँझ पर्यो ||

No comments: