Thursday 22 July, 2010

गज़ल-९७"इश्वरलाई चुनौती"

हेर्दैछौ रे मेरो पिडा कति हेर्न सक्छौ हेर ||
चिन्ता अनि विरक्तिले कति बेर्न सक्छौ बेर ||

जीन्दगीका मोडै पिच्छे कोशिसमा हारे पनि |
अझै पनि दुर्दशाले कति घेर्न सक्छौ घेर ||

हेला जति गर्छौ उति भक्तिभाव बढ्छ मेरो |
बितृष्णाले मेरो नाम कति केर्न सक्छौ केर ||

भरोशाको प्रतिमूर्ति तिमी भन्दा अर्को छैन |
काख राखी गला मेरो कति सेर्न सक्छौ सेर ||

आराधना छुट्ने छैन स्वास मेरो चलुन्जेल |
पर्खनेछु अरु भक्त कति फेर्न सक्छौ फेर ||

No comments: