Friday 23 July, 2010

गज़ल-९८ 'चाहना'

लेख्नु थियो आफ्नै गज़ल शेर खोज्दै बसेकोछु
सन्तुष्ट नै छैन जीवन धेर खोज्दै बसेकोछु

भाव गंगा बगेपछि झरी पर्छ मुहारमा
आँशु पुछ्ने पछ्यौरीको फेर खोज्दै बसेकोछु

चलेकै छ घडी पनि पल पल निरन्तर
दिनरात कुन्नि कत्ति खेर खोज्दै बसेकोछु

सामुन्ने र दाँया बाँया खोज्दा भेट्छु आफ्नै छाँया
धार्नी हो कि बिशौली या सेर खोज्दै बसेकोछु

एक्लै बस्ने चाह गर्छु भिड देख्दा  आहss भर्छु
लक्ष देख्ने या त भेट्ने बेर खोज्दै बसेकोछु

No comments: