Sunday 19 June, 2011

गज़ल

सबको लक्ष्य शिखरको, यात्रा यहाँ अन्तर छ ||
मनको खुसी नाप्ने इकाई, मात्रा यहाँ अन्तर छ ||

हाँसो पीडा बोक्नै पर्ने मानवीय नियती हो,
व्यथा लुकाई हर्ष पोख्ने, जात्रा यहाँ अन्तर छ ||

घाम पानी जाडो गर्मी प्रकृतिको नियम हो,
ओत लाग्ने महल र छाप्रा यहाँ अन्तर छ  ||

दुख्छ मुटु जल्छ छाती पीडा हुँदा आँत भरि,
खाटा बस्ने घाउ उस्तै  पाप्रा यहाँ अन्तर छ ||

No comments: