Sunday 19 June, 2011

गज़ल "मुना"

जीन्दगीको  खडेरीमा यौटा मुना देखें मैले
मनमनै त्यो मुनामा आफ्नो नाम लेखें मैले

सडकको पेटी छेउ आशा बोकी उम्रिएको
बटुवाको पईलाले टेक्ला भन्दै छेकें मैले

सम्बन्धको लहरोले जेलिएथ्यो वरिपरी
अनेकानेक बन्धन तोडी टाढा टाढा फेकें मैले

असर भो छाती भित्र  बिषयुक्त मौसमको
सम्झौताको नुनपानिले आफ्नै मुटु सेकें मैले

No comments: