Thursday 28 July, 2011

गज़ल

नदुख्नेलाई के थाहा र दु:ख भित्र हर्ष कति ?
नबुझ्नेलाई के महत्व दिन महिना बर्ष कति ?

लिलामीमा आँशु राख्दा हुँदो रैछ मूल्य हिन,
नकिन्नेलाई के चासो र लिटरको पर्छ कति ?

भरोशाको शिशिरमा सिरेटो र शंका चल्दा
टुकी बाली आगो तापे छाती न्यानो गर्छ कति ?

नपर्नेलाई के थाहा र, चपेटाको मार कस्तो
पैतालाले कुल्चेपछी त्यसले किरा मर्छ कति ?

पारीपट्टी लक्ष भेट्न कोसिसको डुंगा चाल्दा
पिंधमा नै प्वाल पर्यो यो आशांक तर्छ कति ?

1 comment:

Unknown said...

भरोशाको शिशिरमा सिरेटो र शंका चल्दा
टुकी बाली आगो तापे छाती न्यानो गर्छ कति ?

अहा!