Thursday 28 July, 2011

गज़ल

गरि खान गाह्रो पार्ने यो आदर्श  ढाल्नु पर्यो ||
ठुलो मान्छे बन्नलाई यौटा राँको बाल्नु  पर्यो||

विश्वाशको पात्र बनि को नै ठुलो भएको छ ?
नशा नशा स्वार्थ बग्ने यस्तो जुक्ति थाल्नु पर्यो||

धर्म गर्न पाठ पूजा जप ध्यान गर्दै सँधै
मेरै लागि सोचिदिने, एउटा देउता पाल्नु पर्यो||

उपदेश यस्तो दिन्छु हैन!  भन्ने को होला र ?
आफु ठुलो बन्नलाई यस्तै गोटी चाल्नु पर्यो  ||

ज्यान भए जहान हुन्छ अब मैले बुझेको छु
म मेरो र मेरै लागि भन्ने गुदी हाल्नु पर्यो ||

No comments: