Saturday 13 August, 2011

गज़ल

चिठ्ठी प्रमाण देखाउंदा भन्यो मनको बह थियो
नाच्यातेर किन राख्यौ यौवनको सह थियो

कहाँ मैले तिमीसंगै बाँच्ने कसम खाएँ भन्दै
भन्छ तिम्ले तलाउ ठान्यौ, त्यो खाल्टो त दह थियो

जहाँ सुन्दर फुल फूल्छ्न भवँराको ताती लाग्छ
उसले किन चुस्यो था'छ ? त्यहाँ कच्चा मह थियो

उसको भन्दा प्रकृति कै गल्ति देखें मैले पनि
उ त साँढे तिम्रो खेतमा बाली लह लह थियो

No comments: