Saturday 13 August, 2011

गज़ल


बुझेकै हो बेजान छ शालिग्राम भए पनि
आखिर त्यो ढुंगा नै हो धेरैदाम भए पनि

आदर्शको बोक्रा भित्र कुहिएको गुदी बोक्ने
मान्छे भित्रै रावण छ मुखमा राम भए पनि

सबै भन्दा प्यारो मात्र, सन्तति नै जिन्दगीमा
आफ्नै रगत मार्छे किन? आमा नाम भए पनि

प्रायश्चित गर्न भनि बनेका ति  मन्दिरमा
फेरी किन पालो मिच्नु छोटै लाम भए पनि

दया गरे धर्म हुन्छ माया गरे अपनत्व
आफैं खान खोज्ने सबै गासैं माम भए पनि

No comments: