Saturday 13 August, 2011

गज़ल

लुक्न थाली आशा डराई म सँगै
झर्न खोज्दा आँशु हराई म सँगै

उल्का जस्तै रैछ प्रभाती यो लाली
छुट्यो लक्ष शिखर तराई  म सँगै

के हो तेरो पारा किन हारेको छस
खाई न पाई कि रहर कराई म सँगै

लक्ष बिना यात्रा गर्दैछु रे मैले
यस्तै भन्दै मुटु बर्बराइ म संगै

भरोशाको त्यान्द्रो चुँडिएर गयो
आफन्त नै भए पराई म संगै

No comments: