Saturday 13 August, 2011

गज़ल

डुब्छ फेरी उदाउँछ आशा जीन्दगीको
सुक्छ फेरी पलाउँछ आशा जीन्दगीको

खोज्नु कहाँ कसो गरि मेलो भेटिंदैन
जुट्छ फेरी हराउँछ आशा जीन्दगीको

माटो छैन भर दिने टेको पनि छैन
झुक्छ फेरी उठाउँछ आशा जीन्दगीको

यात्रा हो रे हिड्ने बाटो कतै देखिंदैन
रुक्छ फेरी चलाउँछ आशा जीन्दगीको

सबको उस्तै देख्छु यहाँ मेरो हाल जस्तै
दुख्छ फेरी हसाउँछ आशा जीन्दगीको

No comments: