Sunday 4 September, 2011

गज़ल

तिम्रो चर्चा कमाउने भोक देख्दा छक्क पर्छु !
नामी हुन देखाउने झोक देख्दा छक्क पर्छु !

प्रतिष्ठाको परिभाषा कुन्नि के पो बुझेको हो ?
आफ्नै पर्चा टंगाउने चोक देख्दा छक्क पर्छु !

हुन त हो ! सबैसँग आफ्नो आफ्नो विवेक छ,
आत्मै ढाँटी मोटाउने रोग देख्दा छक्क पर्छु !

भौतिक यो शरिरमा कहाँ चेत भेटिएला !
काँच भित्र लुकाउने शोक देख्दा छक्क पर्छु !

यथार्थमा ज्ञानी बन्न सजिलो त देख्दिन म,
सपनी मै  सजाउने लोक देख्दा छक्क पर्छु !

No comments: