Sunday 4 September, 2011

गज़ल

अधुरो अपुरो दिन ढली गयो
मेघले मधुरो दिन ढली गयो

सर्वत्र गोधुली बढ्यो मन्द मन्द
दशाको चुचुरो दिन ढली गयो

शितल पवन जून भेट्न आयो
बिचरो बबुरो दिन ढली गयो

प्रभात मध्यान्ह ऐया ऐया भन्दै
व्यथाको पुर्पुरो दिन ढली गयो

भिकको बटुको खाली हुँदा हुँदै
भोकको धतुरो दिन ढली गयो

No comments: