Friday, 21 October 2011

गजल


गल्ति नगर्ने भए देउता म हुन्थें होला
चाहेको मिल्ने भए त्यो चन्द्र छुन्थें होला

साधुको भेष गर्दा पापको नाश भए
त्यागेर सारा गेरु वस्त्र नै चुन्थें होला

झरेर आँशु कालो कर्तुत लुक्ने भए
छाती पिटेर डाँको छोडेर रुन्थें होला

आशाको दियो भित्र तिलको तेल हाली
मन यो रमाए त भैलिनी सुन्थें होला

No comments: