Friday 21 October, 2011

गजल


सबैलाई आफु जस्तै देख्नेहरु यसै भन्छन् ! 
बुझ्न हैन बुझाउन लेख्नेहरु यसै भन्छन् !

आफ्नो मात्र स्वाभिमान शिखरमा पुग्नुपर्छ, 
हचुवाको धरातल टेक्नेहरू यसै भन्छन् !

दुनियाको मर्म बुझ्न के को चासो आफुलाई, 
मित्रताको ढाल राखी छेक्नेहरु यसै भन्छन् !

मलाई ठिक लागे पछी सबैको मत एकै हुन्छ,
हुट्टीट्याउँ झैँ सारा सहर थेग्नेहरु यसै भन्छन् ! 

No comments: