Friday 21 October, 2011

गजल


साँच्चै ! मेरो आजकल त फूलसँग दुश्मनी छ
जानाजानी भएका ति भूलसँग दुश्मनी छ

रिस उठ्छ पुर्णिमाको टह टह जून देख्दा
थाकेपछि सुस्ताउने सुकुलसँग दुश्मनी छ

प्यास बढ्छ आँत जल्छ कहाँ पाउँ शितलता
भुल्भुल गर्दै उम्रिएको मूलसँग दुश्मनी छ

बाढी आयो खोला भरि पारी पट्टि पुग्नै पर्ने
यौटा मात्र बिकल्प यो पूलसँग दुश्मनी छ 

No comments: