Friday 21 October, 2011

गजल


भैंसीलाई सिङको भारी भए पछी जे नि हुन्छ !!
धोकेवाज हाराहारी भए पछी जे नि हुन्छ !!

सत्य बोल्नु पाप हो रे, उसो भए झुट ! पुण्य ?
यस्तै भन्ने नरनारी भए पछी जे नि हुन्छ !!

हेर्ने आँखा भन्दा पनि सुन्ने कानको आधारमा  
शंका फूल्ने मनको बारी भए पछी जे नि हुन्छ !!

आदर र सत्कारको रीतिस्थिति बिर्सिएर
घर भित्रै मारामारी भए पछी जे नि हुन्छ !!

मित्रताको अर्थ आफ्नो अन्धभक्त ठान्नेसँग
घमण्डको त्यो छहारी भए पछी जे नि हुन्छ !!

No comments: