Sunday, 27 September, 2015

गजल

तिमी आउ तिम्रो याद नपठाउ यति धेरै
माया गर्दा धन्यवाद नपठाउ यति धेरै

कल्पना र यथार्थ यो एउटै हो कि छुट्टा छुट्टै
मौनताको यो विवाद नपठाउ यति धेरै

एकान्तमा हराएर शुन्यतामा डुब्दैछु म
झस्काउने भो आवाज नपठाउ यति धेरै

आफुलाई मुर्ख ठान्ने पनि कोहि हुन्छ होला ?
बनावटी यो दवाब नपठाउ यति धेरै

शंका भित्र कसमको अर्थ खोज्दै नानाथरी
भो भो स्वार्थको नकाव नपठाउ यति धेरै

No comments: