Monday 5 October, 2009

ग़ज़ल

बिहान पख आज  एउटा सपनीलाई  देखें मैले
त्यही सपनी  सम्झियर  एउटा ग़ज़ल लेखें मैले


सपनीमा तिम्रो अनी मेरो माया बढ्दै   थियो
त्यही माया पाउनलाई अर्को अस्त्र भेटें मैले


कताकती देखेजस्तै तिम्रो मुहार हिउं सरी
धमिलो त्यों मुहारमा मायालु रंग भेटें मैले


शांत तिम्रो कोमल अंग छुनलाई डर लाग्यो
टाढै बाट भएपनी अघाउन्जेल  हेरें  मैले


हेरिरहंदा तिम्रो मुहार लाजायको जस्तो लाग्यो
लजाउदा तिमी भित्र कामरूपलाई भेटें मैले


घडी पनी कती पापी त्यही बेला बज्नु पर्ने
बिउंझियर तिमी खोज्दा सिरानी पो भेटें मैले

2 comments:

आशांक उपाध्याय said...

sapana samjhiyako ysto natija aayachh thanks swapna sundai

Anonymous said...

Posted on: 2009-10-6 at www.tanneri.com