Sunday 29 November, 2009

गज़ल के हो पत्तै छैन शेरसंग माया बस्यो
नक्कलीको पछ्यौरीको फेरसंग माया बस्यो

नशालु ति नयनले मोहनी नै लगाए कि ?
लजाउँदै गरेका हेरा-हेरसंग माया बस्यो

मुहार पनि अति सुन्दर खोट कहिँ भेटिएन
शिर झुकाई टोलाएको बेरसंग माया बस्यो

छहरा झैं छल्किरहे केशराशी पिठ्युँ भरि
मन्द मुस्कान बहाउने पंधेरसंग माया बस्यो

प्रेम अनि संसारलाई चिनाउने मायालुले
स्वीकार्नलाई गरेको अबेरसंग माया बस्यो

1 comment:

aashu said...

wow!!!!!kya dami guru jii sarai mitho gazal..