Friday 4 December, 2009

"ठोकतन्त्र" गिएर !!

नजन्मदै मर्यो लोकतन्त्र खिएर
अनिकाल आयो भोकतन्त्र लिएर

नदुख्ने अङ्ग बाँकी छैन अब कुनै
अन्धआशा बस्यो शोकतन्त्र पिएर

पिरमार्का बुझ्नेले नबुझेर बसे पछी
जनताले कुर्यो चोकतन्त्र जिएर

नआयो पानी नबल्यो बिजुली कतै
नेता कता भाग्यो घोकतन्त्र दिएर ?

"संबिधान" आशै छोडौं कानुनै छैन
सबै मिलि हानौं "ठोकतन्त्र" गिएर |

No comments: