Thursday 14 January, 2010

गज़ल

आशाछरी आँखाभरि आँशु छाडी जान्छौ कि त ?
पुरा गर्न नसक्ने ति झुट्टा बाचा खान्छौ कि त ?

लुटाउदै बाँचेको थें तिमी आयौ थोरै पाएँ
फाट्ट फुट्ट टुसाएका खुसि पनि लान्छौ कि त ?

जिन्दगीको खडेरीमा सुक्नै लाग्यो गुलाब यो
यौटा फूल बोकी आएँ दिन्छु,लिन मान्छौ कि त ?

डुब्दै गएँ गहिरो यो एकान्तमा चारै तिर
'बचाउ'को हात दिएँ समाएर तान्छौ कि त ?

शुन्यतामा आक्काशिंदै दिक्कलाग्दा बादल भै
उड्दै आएँ,साथ माग्न आफ्नै मान्छे ठान्छौ कि त ?

No comments: