Thursday 14 January, 2010

गज़ल

साँच्चा कुरा भनेपछि झुटो भएँ मायामा
पोल्दापोल्दै उम्किएको ठूटो भएँ मायामा

सपनाका पालुवामा डढेलोले पोलेर
कालाहाँगा बोकी बस्ने बुटो भएँ मायामा

चाहनाका बगैंचामा फूलै फूल रोपेर
अर्जाप्न चैं बिर्सिएको कुटो भएँ मायामा

उँधो झर्ने मृग सरि दगुर्दै छु भागेर
नियतिले लात्त हान्यो फूटो भएँ मायामा

सपना ति सग्ला पार्न ओख्ली भित्र पसेर
मुस्ली छल्न नजानेर ढुटो भएँ मायामा

No comments: