Friday 22 January, 2010

गज़ल

तिम्रो माया पाउने फुलको थुंगा बनौ कि ?
घोट्दा आगो आउने दल्क्षिन ढुंगा बनौ कि ?

लाग्यो कि त अल्लारे उरन्ठे'उलो किशोर
पाको बन्ने संकेत छाउने जुँगा बनौ कि ?

सपनीमा करायौ आउ न, भनि बोलायौ
यौटै नाम रटाइ गाउने सुँगा बनौ कि ?

बैंश आयो सलल पिरती छाल उर्लियो
यौवनको तलाउ ख्याउने डुंगा बनौ कि ?

खाली नै छ सिउँदो सिन्दुर भरौं लाग्दैछ
त्यो गलामा सजाई लाउने मुँगा बनौ कि ?

No comments: