Friday 12 February, 2010

गज़ल

बिहानी मिर्मिरेमा, तिमी आए मेरो सामु !
धाराको तिर्तिरेमा, तिमी आए मेरो सामु !!

कत्तिको खुसि हुँला, प्रभाती यो लाली संगै,
चरीको चिर्बिरेमा, तिमी आए मेरो सामु !

उकाली चढ्दा पनि, भुल्थें कि त थाक्नलाई,
घामको चिर्चिरेमा, तिमी आए मेरो सामु !

एकान्त झुम्ने थियो, मायाको संगीतमा,
गोधुली सिर्सिरेमा, तिमी आए मेरो सामु !

जीवन रङ्गिनेथ्यो, थाम्न पाए तिम्रो हात,
आशाका फिर्फिरेमा, तिमी आए मेरो सामु !

No comments: