Monday 15 February, 2010

गज़ल दोहोरी

तिम्रै लागि बोकी ल्याएँ, लिन मान्छौ कि त, रातो गुलाब
सधैं साथ दिने वाचा, खाँदै लिन्छौ कि त, रातो गुलाब

सम्झदैछु ति नजर कर्के  लुकी लुकी हेर्थे मलाई
प्रेम रुपी ति मनका तृष्णा ठान्छौ कि त रातो गुलाब

छाताछुल्ल, पोख त्यो मनको धोको हुन्न बस्नु लुकाइ
खुशी मन, आफ्नै ठानी अब,हान्छौ कि त रातो गुलाब

तिम्रो थिएँ तिम्रै हुन्छु, नतड्पाउ ! आउ हात  समाउ
यो "आशुको" जिन्दगानी, सम्झी लान्छौ कि त रातो गुलाब

************************************************
++++++++++++++++++++++++++++++++++++++++++
************************************************
मैले पनि मेरो मुटु साटी दिएँ रातो गुलाबसंग
कसमका डोरी पनि बाटी दिएँ रातो गुलाबसंग

आज बल्ल सम्झिएछौ लुकी लुकी कन हेरेका पल
तिम्रै लागि बन्द मन फाटी दिएँ रातो गुलाबसंग

खुल्लै छ नि मुटु मेरो तिम्रै लागि भनि सदियौं देखि
निराशाका धागा पनि काटी दिएँ रातो गुलाबसंग

म पनि त तिम्रै हुँ नि तडपाउन खोज्यौ नभन हेर
आशांक'ले आफ्नो जुनी थाती दिएँ रातो गुलाबसंग

No comments: