Monday 15 February 2010

गज़ल

घुम्दा घुम्दै बगैंचामा आँखा लाग्यो रातो गुलाब
चुम्दा चुम्दै ओठभरि काखा लाग्यो रातो गुलाब

जानी जानी खाल्टो भन्दै झरें किन मन बोकेर
झुम्दा झुम्दै आशा फल्ने पाखा लाग्यो रातो गुलाब

थोरै थोरै खुसि थिएँ दु:ख पनि कम थिएन
हेर्दा हेर्दै मुटु पनि माखा लाग्यो रातो गुलाब

बाँच्दा बाँच्दै कति मरें एक्लै हुने मन थिएन
आफ्नो मन मूल ठान्दा शाखा लाग्यो रातो गुलाब

हाँस्दा हाँस्दै पिडादिने कति धेरै व्यथा आउँछ
रुँदा रुँदै खुसि छर्ने भाखा लाग्यो रातो गुलाब

No comments: