बगायो मन मेरो, मायाको भेल भित्रै
पलायो आशा केही, पिरती खेल भित्रै
नदेखी हर्ष यहाँ, जीवन पूर्ण लाग्यो
हरायो एक्लोपन मनको मेल भित्रै
लाग्दैन निंद फेरी, सपना आइदिन्छ
कल्पना डुली हिड्छ, मुटुको जेल भित्रै
भनेको सुनिदिन्छु, नचले पनि ओठ
रमायो आँशु पनि, समय रेल भित्रै
मलिनो मुहारमा, चम्कियो उषा लाली
उदायो नौलो खुसि, चिन्ताको नेल भित्रै
No comments:
Post a Comment