Sunday 25 April, 2010

गज़ल "सपना"

फुल सरि फूल्न खोजें, हुरी आई झारीदियो ||
समय यो रोक्न खोजें, घडी बनि टारिदियो ||

जान्न पनि सकिएन, जिन्दगीको मूल्य यहाँ,
पिडाव्यथा भुल्न खोजें, मुटु भित्रै पारिदियो ||

सपनाका ढेडी बोकी, सुख खोज्न बिदेशिएँ
आफैंलाई जित्दैथिएँ, नियतिले हारीदियो ||

पापै सरि हुने रैछ, मिठा आशा पाल्न पनि
आज फेरी अभावले, जवानी मै मारिदियो ||

चार बर्ष बित्यो फेरी अझै कति बिछोडिनु
यो पाली चैं जान्छु भन्थे, फेरी मिती सारिदियो ||

No comments: