Sunday 9 May, 2010

गज़ल "जीन्दगी"

तिता मिठा कुरा हुन्छ बुझ्नु पर्छ जीन्दगी !!
प्रेम संगै युद्ध हुन्छ जुध्नु पर्छ जीन्दगी !!

शुरु गर अन्त्य हुन्छ समयको रित हो,
जताबाट आयौ त्यहीं पुग्नु पर्छ जीन्दगी !

पाएँ कति हैन यहाँ कति दियौ सोच'न !
चिन्ता हैन चिन्तनमा डुब्नु पर्छ जीन्दगी !!

कर्म गर्दै जानु पर्छ फल खोज्नु हुदैन,
आत्म विश्वाशिलो छाती फुक्नु पर्छ जीन्दगी !!

के नै लिई आएका'थ्यौ के नै बोकी लान्छौ र ?
चैत मासे गुराँस झैँ फुल्नु पर्छ जीन्दगी !!

No comments: