Sunday 9 May, 2010

गज़ल "चरुवा"

भेडीखर्क मेरो बास्, पढ्न अझै लाग्छ आश् ||
स्कूल छैन आसपास्, साथीसंगी दाउरा घाँस् ||

बाबा-आमा लेक्'बेसी, नाम मेरो राम्'केसी
दाई भयो पर्'देशी, चरुवा हुँ म त खास् ||

उमेर'भो दश्'बर्ष, जुटाउँछु घर्'खर्च
कामगर्दै दिन टर्छ, धुक-धुकी मेरो सास् ||

पल्लाघरे धन्सरे, शहरमा पढ्छ'रे
म त भएँ बन्चरे,नियतिले पार्यो दास् ||

मिर्मिरेमा उठ्नु'छ, भेडा खेदी कुद्'नुछ
कोशौं टाढा पुग्नु'छ, नत्र कहाँ मिल्नु गाँस् ||

मालिकको छोरोले, कुट्नु कुट्यो मोरोले
थला परें ज्वरोले, जिउँदो'मै भएँ लास् ||

मालिकको छोरोले, कुट्नु कुट्यो मोरोले
थला परें ज्वरोले,सास छदैं भए लास् ||

No comments: