Thursday 3 June, 2010

ग़ज़ल

चैतमासे खडेरीमा ठुटो काँस झरी कुर्छ ||
जिन्दगीको बसन्तमा मधुमास परि कुर्छ ||

बाटोघाटो मेलापात बैंशालु यी युवतीले,
बोलाउने हुन् कि भनि मन आश भरि कुर्छ ||

को को हिडें को को बसे पिरतीको मेला भर्न,
चौतारीमा टोह्लाएर बस्दै लास सरि कुर्छ ||

खात लाग्यो सपनाको सजाउने खोज्दा खोज्दै
अब चाही भेट्छु भन्दै मन्को त्रास हरी कुर्छ ||

गोधुलीको समय छ रंगिन यो मौसममा
गुलाबको रातो फूल आसपास छरी कुर्छ ||

No comments: