Friday 4 June, 2010

गज़ल

एकाएक फेरी उडेछु म आज
पलेंटी मै थिएँ गुडेछु म आज

खुल्ला आँखाबाट देखियो सपना,
गोडा सग्लै बोक्ने डूँडे'छु म आज

दुई छाक टार्न समस्या हुँदा'नि
हाडछाला भित्र भुँडे'छु म आज

बाटोभरी छर्ने नमस्ते नहुँदा
मुख छोपी हिड्ने खुँडे'छु म आज

आशांकले बुझ्यो अपाङ्ग जीन्दगी
थेग्न मात्र बाँच्दा बुड़े'छु म आज

No comments: