Monday 7 June, 2010

गज़ल

कुहिरोले छेके पछी, अँध्यारोले टेके पछी
कसले पो देख्न सक्छ, दुर्दशाले देखे पछी

चाहनाको भारी बोकी, बिनासित्ती छाती ठोकी,
फेर्न को नै सक्षम छ ,विधाताले लेखे पछी

न त खोला उल्टो बग्छ, न सुर्य नै झर्न सक्छ,
विद्वताको के अर्थ भो, घमण्डले भेटे पछी


रहरका पोका यहाँ, टाढासम्म पुग्छ कहाँ,
बेदनाका सरंगीले , जीन्दगी यो रेटे पछी


बुझ्नु पर्छ गुह्य कुरो, समय हो मुख्य चुरो,
नत्र केहि मिल्ने छैन, आधार नै मेटे पछी

No comments: