Thursday 10 June, 2010

गज़ल

दुख्छ  मुटु माथी चर्किएर छाती ||
उठ्छु आधी राती थर्किएर छाती ||

मेट्दै थिएँ छायाँ निष्ठुरीको माया,
थेग्नै गाह्रो साथी झर्किएर छाती ||

थम्थम्याई रहें कति पीडा सहें,
उल्टो हान्छ लात्ती हर्किएर छाती ||

जीवन यो थुन्यो कस्तो जाल बुन्यो,
बाल्छ याद बाती फर्किएर छाती ||

कति खोजें भुल्न बिहानी भै खुल्न,
भन्छ मर्नै जाती तर्किएर छाती ||

No comments: