Friday 11 June, 2010

गज़ल "कसैगरी"

सम्झनाको फूल यहाँ सुक्ने छैन कसैगरी
चाहनाको शिखर यो झुक्ने छैन कसैगरी

जति खोज्छौ पर जान उति वर पाउनेछौ
भरोषा छ मेरो माया चुक्ने छैन कसैगरी

झर्नु मेरो नियति हो भने तिम्रै पाउ परुँ
इश्वरको दृष्टि सामु लुक्ने छैन कसैगरी

पराईको घुम्टो भित्र लुकेको छु आँखा भरि
तिम्रो छाडी अर्को बाटो ढुक्ने छैन कसैगरी

सके भुल्नु अन्तै डुल्नु अनि लाली संगै खुल्नु
आँखाबाट आँशु झर्न रुक्ने छैन कसै गरि

No comments: