Tuesday 15 June, 2010

गज़ल

गज़लका शेर सबै तिम्रै लागी लेखेको हुँ
जीन्दगीका बेर सबै तिम्रै लागी लेखेको हुँ

पढेनौ या पढ्नलाई जरुरी नै ठानेनौ कि ?
चाहनाका ढेर सबै तिम्रै लागी लेखेको हुँ

ढोका सामु आएँ, अनि उभिएर ढक्ढक्याएँ.
चिह्याएर हेर सबै तिम्रै लागी लेखेको हुँ

सपनी मैं चिच्याउदैं परि भन्न थालेको छु,
बोल एक फेर सबै तिम्रै लागी लेखेको हुँ

पर्खिंदैछु, पर्खिएर थाक्ने छैन चितासम्म,
खोज्नु त्यँही नेर सबै तिम्रो लागी लेखेको हुँ

No comments: