चढ्न खोज्दा उकाली खुट्टा तान्ने कति कति
आत्मीयता देखाई छुरी हान्ने कति कति
मिठा मिठा बातमा स्वार्थ मात्र लुक्ने रैछ
आफ्नै मात्र अप्ठ्यारो भनि ठान्ने कति कति
होचो अनि अर्घेलो सोझो मात्र हुने यहाँ
परिपाठ भएको म नै जान्ने कति कति
अर्कोलाई दुखाई आफ्नो सुख खोज्दै हिड्ने
ढक्कमक्क बँगैचा आफैं छान्ने कति कति
स्वाभाविकै लाग्दो हो संसार यो सबैलाई
आशांकको पीडामा हर्ष मान्ने कति कति
No comments:
Post a Comment