Thursday 24 June, 2010

गज़ल"यात्रा"

म भोलि उदाउँदा भालेको डाक संगै
हुनेछु खुशी भन्दै पालेको धाक संगै

चाहन्छ समयले जे त्यहिँ गर्नु पर्छ,
बस्नेछु म त त्यहिँ टालेको चाक संगै

जीन्दगी आलो पालो फेरिन्छ फेरींदैन
गुन्द्रुके झोल ढीडों हालेको छाक संगै

हुनेले के पो देला भएकै खोसी लेला
दुख्नेछु आफ्नो त्यहिँ ढालेको नाक संगै

पिडा र व्यथा अनि बेदना मेट्नलाई
जानेछु दाउराले बालेको खाक संगै

No comments: