Tuesday 29 June, 2010

गज़ल 'रहर'

खोजेको मूल्य पाए ! बिक्नेछु भनें |
बिकेर पनि अब टिक्नेछु भनें |

दुखेथ्यो आफ्नै लागी, ग्राहक खोज्दा,
गरिबी काँडा सबै, झिक्नेछु भनें |

फाटेका लुगाबाट, नियाल्नेलाई
गहना रत्नले नै हिक्नेछु भनें |

ज्ञानीको अर्ति अनि सङ्गत गर्न,
झुकाई सामुन्नेमा सिक्नेछु भनें |

खोजेको मूल्य पाए ! बिक्नेछु भनें |
बिकेर पनि अब टिक्नेछु भनें |

No comments: