Wednesday 30 June, 2010

गज़ल

भ्रमको दियो बाल्ने कोशिस गर्दिन
फाटेको मन टाल्ने कोशिस गर्दिन

सुनेको हो'नि हैन ?, पर्दैन सम्झिनु !
नदीमा धुलो हाल्ने कोशिस गर्दिन

आजको दिनबाट यात्रा यो छुट्टियो
भुलेरै साथ चाल्ने कोशिस गर्दिन

खोजेकै  कुरा मिल्यो, खुसि छौ अब त ?
चाहना व्यर्थ पाल्ने कोशिस गर्दिन

सम्झना आयो भने रोएरै बसौंला
पत्थर अब  गाल्ने कोशिस गर्दिन

भ्रमको दियो बाल्ने कोशिस गर्दिन
फाटेको मन टाल्ने कोशिस गर्दिन

No comments: