रुमालको चिनो तिम्रो, त्यो पनि त जाली थियो ||
रहरको भकारीमा, भित्र सबै खाली थियो ||
पिरतीको लेखा जोखा, पत्र भित्र खोज्ने तिमी,
आकाशको भर पर्ने, माया सुख्खा बाली थियो ||
मौन थिएँ माया थियो, चाहनाको भेल छुट्दा
उडाएर खिसी गर्दै, बजाउने ताली थियो ||
बोलाउने हैन तिमी, बोल्ने मात्र गरे पछी,
सम्बन्धको कित्ता काट्ने, शंका रुपी आली थियो ||
दुवै हात लड्डू खोज्दै आफ्नो लागी मात्र सोच्यौ
हाम्रो भेट हुने बाचा, बिर्स्यौ ? यसै पाली थियो |
No comments:
Post a Comment