Saturday 3 July, 2010

गज़ल-९०

जे जे पाएँ खुरु खुरु थाप्दैछु जीन्दगी
जति भन्छ त्यति बाटो नाप्दैछु जीन्दगी

जता खोजें न्यानो उतै तुषारो भेटियो
चुप चाप थर थरि काप्दैछु जीन्दगी

फन फनी घुमी हेरें खोजेरै भेटिन
आशा मार्न नसकेर चाप्दैछु जीन्दगी

पूर्ण हुने चाहनाले अपुरै भएछु
त्यसैले त अर्को पनि खाप्दैछु जीन्दगी

हार माने कसै गरि जिउनै सकिन
केहि हात डोरी बाटी हाप्दैछु जीन्दगी

No comments: