Sunday 4 July, 2010

गज़ल-९१

सुर तिम्रो खोज्दै आज ताल बोकी आएको छु
साथ माग्न एकान्तको हाल बोकी आएको छु

चाहना त स्वाभिमानी भई बाँच्ने थियो मेरो
नसकेर जीन्दगीको खाल बोकी आएको छु

मेरो हुत्ति चल्ने भए रोकी दिन्थें सबै कुरा
नचलेर समयको चाल बोकी आएको छु

पंक्षी जस्तै उड्ने मन हुँदा हुँदै आफ्नो पनि
जानि जानि पिरतीको जाल बोकी आएको छु

बगाउने अनि बग्ने कैले सम्म आँशु मेरा
हाँसो खुसि मात्रै छर्ने छाल बोकी आएको छु

No comments: