थोपा थोपा शीत झारी रोयो चन्द्रमा
हेर्दा हेर्दै क्षितिज पारि रोयो चन्द्रमा
उज्यालो त्यो मुहार नै खोज्ने सबैले
अन्धकारसँग हारी रोयो चन्द्रमा
अर्धमास प्रीत लाउने पापी आकाश
छोड़ी जाँदा माया मारी रोयो चन्द्रमा
समयको डुंगा उस्तै चल्यो बिलायो
वनपाखा खेत बारी रोयो चन्द्रमा
यहाँ उसको को नै छ र गर्न बिलौना
नियतिको थेग्दै भारी रोयो चन्द्रमा
No comments:
Post a Comment