Wednesday 7 July, 2010

गज़ल-९३

मझेरीमा पोखिएका आँशु दाना टिपी राख्नु
फाट्न खोजे आफ्नै मन चाहनाले खिपी राख्नु

जति टाढा भयो त्यति सम्झनाले सताउछ
फर्किनेछ पक्कै भनि चुल्हो चम्को लिपी राख्नु

दिन काटे रात गाह्रो कोल्टे फेरी बिताउन
यो मनमा यसै गरि तिमी लुकी छिपी राख्नु

दुनियाले गयो अब तेरो माया भुली भन्दा
हाम्रो नाता अजम्बरी मर्ने छैन ढिपी राख्नु

समयको खेलै यस्तो साथ अनि बिछोडको
मिलनको आशा सँधै भरि धिप धिपी राख्नु  

No comments: