Friday 16 July, 2010

गज़ल-९६"शक्ती"

चाहे जस्तै  गरे हुन्छ हातमा छ शक्ती तिम्रो
हुकुम जस्तो गर्छौ मान्छु बातमा छ शक्ती तिम्रो

तिम्रो ठाउँ तिम्रो गाउँ मेरो के नै चल्छ यहाँ ?
धन प्यालाबाट चढ्ने मातमा छ शक्ती तिम्रो
 
बिहानी या रात्री देउ चुपचाप लिनै  पर्छ
शीत हुँ म अड्याउने पातमा छ शक्ती तिम्रो

उफ्रिन्छु म टाढा हुँदा तिम्रो छेउ गली दिन्छु
भकुण्डो झैं हान  जति लातमा छ शक्ती तिम्रो

घरै छोडी आएको हुँ तिम्रो सेवा गर्न भनि
मान या त हेप तिमी जातमा छ शक्ती तिम्रो

1 comment:

Rabindra said...

यहाँ साहित्यमा बामे सर्दै छु भन्नु सायद गलत होला । प्रत्येक गजलले त्यही साबित गरे । अझ पढ्न पाउँ ।