Saturday 24 July, 2010

गज़ल-९९'चिठ्ठी'

जानु थियो भेट्नलाई, भुल्नु भन्ने चिठ्ठी आयो
म बिना नै चन्द्र सरि, खुल्नु भन्ने चिठ्ठी आयो

जब एक्लै थिएँ आयौ ! पिरतीका गीत गायौ !
बिर्सी सबै एक्लै फेरी, फुल्नु भन्ने चिठ्ठी आयो

आफु रातोरानी फुल, तिमी भवँर मेरो भन्ने,
मायालुको अब अन्तै, डुल्नु भन्ने चिठ्ठी आयो

आँगनीमा झुला राखी, सँगै सँगै मच्चिनु'थ्यो
मेरो साटो अर्कैसँग, झुल्नु भन्ने चिठ्ठी आयो

सिउँदोको सिन्दुर र चुरा पोते फिर्तागरि
अर्कैलाई घर भित्र, हुल्नु भन्ने चिठ्ठी आयो

No comments: