Thursday 29 July, 2010

गज़ल -१००"सय"

डुल्छ  मन चल्छ कलम कागजको माझ हेर !!
एक एक भन्दा भन्दै सय पुग्यो आज हेर !!


खाँदाखाँदै होस् या कतै जाँदाजाँदै गोरेटोमा,
सोच आए लेखि हाल्छु कस्तो गर्यो राज हेर !!


हर्ष भए खुसि लेख्छु पिडा पाए व्यथा पोख्छु,
हाँसो आँशु दुवै रोज्ने साहित्यको काज हेर !!


टोल्हाउँदा टोल्हाउँदै फुर्छ भाव मूल सरि,
लेख्ने कला कस्तो राम्रो? मनको बाझाबाझ हेर !!


'आशाअंक' बढ्दै गयो अझै लेख्न जिन्दगीमा,
कनिकुथी  चढाऊँदै'छु पाठकमा ताज हेर !!

(आशाअंक = आशांक )

No comments: