Friday 30 July, 2010

गज़ल-१०१

निदरीले पनि आज ममताको खाग खोज्छे
समयको पावन्दीले बिगतको भाग खोज्छे

चैन रानी कुन्नि कस्तो सर्त राख्दै बसेकी हो
चौथाई यो जीन्दगीले हराभरा बाग खोज्छे

याद मैया खुरु खुरु नसोधी नै पसेकी छे
शुन्यतामा सपनिले किन किन राग खोज्छे

सबै धोई बसेको छु जता ततै सादा मात्र
अब फेरी चाहनाले कस्तो चाँही दाग खोज्छे

तन मात्र जिएको छ हँस पुरै मृत सरि
चिता काली आशाअंक नष्ट गर्ने माग खोज्छे

No comments: